अमेरिकाको वाशिंगटन डिसी स्थित व्हाइट हाउस नजिकै रहेको जर्ज वाशिंगटन युनिभर्सिटी ( बिश्व बिद्यालय) मा चौध बर्ष उमेरका किशोर अध्ययनको लागि भर्ना भएका छन् । उक्त बिश्वबिद्यालयमा २६ हजार भन्दा ज्यादा बिद्यार्थी र बिश्वका १३० देश र अमेरिका कै ५० वटा राज्यहरुका बिधार्थीहरु रहेका छन् । कुर्टिस लरेन्स नामक १४ बर्षिय मेधावी छात्र शरद ऋतु देखि भर्ना भएका छन् । यो उमेरमा युनिभर्सिटी(बिश्व बिद्यालय)मा अध्ययन गर्न आएको देखेर सबै आश्चर्य भएका छन् ।

उनले डिसी क्षेत्रबाट संचालित अङ्किय पत्रिका डब्लुटिओपी संग कुरा गर्दै आफ्नो गृह कार्य गर्दै मेरो बिषय अफ्रीका र अफ्रिकन डाएसपोरा भएको बताएका छन् । उनका साथीभाई भन्दा उनि अलिकति साना छन् । आफूलाई माध्यमिक बिद्यालय या महाबिद्यालय ( कलेज)को बिधार्थी झैँ लाग्ने र जव ऐना हेर्छु अनि म युवा लाग्दछ भन्दछन ।

उनले के बिषयमा अध्ययन गर्ने भन्दा पनि उनि जीवबिज्ञान र सुसाङ्ख्य बिज्ञान ( कम्प्युटर साइन्स )लाई छनौट गर्ने सुरमा छन् । उनि जीवावशेष बिषयमा विशेषज्ञ बन्न चाहन्छन । डाईनाशोरका पुस्तक मन पराउद्छन ।

तेज मस्तिष्क भएका कुर्टिस ८ कक्षामा हुँदा नै महा बिद्यालयका पाठयक्रम समाप्त गरेका थिए । जव उनि १० बर्षका थिए उनले स्याट ( एसएटी)मा जांच दिएका थिए । चीनमा गएर पनि उनले अध्ययन गरेका छन् ।

उनकी आमाका अनुसार उनले उच्च माध्यमिकका सबै आवश्यक चाहिने कक्षाहरु पुरा गरेको बताएकी छिन । वास्तवमा उनि प्राविधिक रुपले उच्च माध्यमिकमा कनिष्ठ छन् भने उपाधि (ग्राजुएसन ) हुन् केही क्रेडिट (मान या श्रेय )रहेको छ तथापी उनि बिशेष कार्यक्रममा भर्ना गर्न योग्य भएका छन् ।

तैपनि उनि जिडब्लु ( जर्ज वाशिंगटन युनिभर्सिटी )मा कुनै रोकावट बिना भर्ना हुने मध्ये कै सबै भन्दा कान्छा भएका छन् ।

श्रोत् : डब्लुटिओपी
तस्बिर :डब्लुजेएलए

Leave a Reply

Your email address will not be published. Required fields are marked *