आदरणीय अभिभावक ज्यू ,
सादर नमस्कार ।
यस वर्षको दशै, तिहार, छठपर्व लगायतका चाडपर्वको अवसरमा यही असोज १३ गतेदेखि कार्तिक १४ गते सोमबार सम्म विद्यालय बिदा रहने र कार्तिक १५ गते मंगलबारदेखि विद्यालयको अध्ययन अध्यापन कार्य पूर्ववत् सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । छात्राबास (Hostel) मा बस्ने विद्यार्थीहरुको हकमा कार्तिक १४ गते सोमबार साँझ ५ बजेसम्म अनिवार्य रुपमा छात्र–छात्रा हरु लाई छात्राबास (Hostel) मा ल्याइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
नोट :–
जाडो समयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि नीलो रङ्गको ब्लेजर र स्वीटर तथा अन्य विद्यार्थीहरुका लागि नीलो स्वीटर अनिवार्य गरिएकाले बिदापछाडि विद्यालय आउँदा आआफ्ना बाबुनानीहरुका लागि सोको व्यवस्था मिलाइ दिनु हुनसमेत अनुरोध गरिन्छ ।साथै विद्यालयले उपलब्ध गराएको गृहकार्यहरु छुट्टै कापीमा गर्न लगाई विद्यालय खुलेकै दिन उक्त गृहकार्य समेत पठाइदिनु हुन अनुरोध गरिन्छ । उक्त गृहकार्य दोश्रो त्रैमासको विद्यार्थी मुल्याङ्कनको अभिन्न आधार रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
हेटौँडा एकेडेमी