📄 Notices 👨‍💼 Careers 🏫 About Us 📞 Contact

Author: hetaudaacademy


एन्फा एकेडेमीका किशोरसँग अञ्जन

हेटौँडा: नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले हेटौँडास्थित एन्फा एकेडेमीमा सहभागी किशोर खेलाडीसँग अन्तरक्रिया गर्नुभएको छ । सोमबार बिहान हेटौँडा–११ स्थित हेटौँडा एकेडेमी पुगेर विष्टले किशोर खेलाडीसँग अन्तरक्रिया गर्नुभएको हो । गृहजिल्ला आउनुभएको अवसरमा विष्टले एन्फा एकेडेमीका किशोर खेलाडीसँग अन्तक्रियामा खेलसँगै पढाईमा पनि ध्यान दिन र अनुशासित हुन आग्रह गर्नुभयो । हरेक क्षेत्रमा अनुशासनको […]

Learn More

हेटौंडा एकेडेमीले जित्यो फुटबलको उपाधि

नगरस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीले जितेको छ । फाइनल प्रतिस्पर्धामा हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले हराउँदै हेटौंडा एकेडेमीले उपाधि जितेको हो । निर्धारित खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । सोमबारै भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा–९ स्थित प्रगति माविलाई पराजित गर्दै […]

Learn More

पुस १०,काठमाडौँ । हेटौंडा, महिला खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित महिला क्रिकेट उत्सवको उपाधी हेटौंडा एकेडेमी आवासिय माध्यमिक विद्यालयले जितेको छ ।

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडामा सञ्चालन भएको दुई दिने महिला क्रिकेट उत्सवमा हेटौंडा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ वटा विद्यालयले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजनाअन्तर्गत नै मकवानपुर जिल्ला क्रिकेट संघले उत्सवको आयोजना गरेको संयोजक प्रेम क्षेत्रीले बताए […]

Learn More

हेटौडा एकेडेमीका विद्यार्थीहरुद्वारा मामाघरलाई सहयोग

हेटौडा- हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालय, सहिद स्मारक हेटौडाका विद्यार्थीहरूको ‘हेटौडा एकेडेमी सोसल क्लब’द्वारा हेटौडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आयोजित ‘सहयोगी हातहरु कार्यक्रम’ मार्फत् मामाघर नेपालमा आश्रित बालबालिकाहरूको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ ।“You are not alone” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष […]

Learn More

हेटौडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रिमाल नियुक्त, आगामी शैक्षिक सत्र देखी उच्च शिक्षा अध्यापनको तयारी

हेटौंडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृतमा रमेश रिमाल नियुक्त भएका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले रिमाललाई स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख रिमालले विद्यालयको शिक्षालाई गुणस्तर बनाउन आफूले महत्वपुर्ण भुमिका […]

Learn More

एकदिने अन्तरदेशीय प्रशिक्षण सम्पन्न

हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले मंगलबार बिधार्थीहरु बिच अन्तरदेशीय कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई हंगगेरी,ग्रीश , रसिया , अफ्रिका, प्यालेसटाईन,इंडिया लगायतका विभिन्न देशका शिक्षक तथा विद्यार्थीहरुसँग सामाजिक ,आर्थिक , शैक्षिक बिषय वस्तुमा  भर्चुअल माध्यम बाट अन्तरर्क्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रशिक्षक विवस जंग थापाले गर्नुभएको थियो […]

Learn More

१४ बर्षिय किशोर जर्ज वाशिंगटन युनिभर्सिटी (बिश्वबिद्यालय)मा भर्ना

अमेरिकाको वाशिंगटन डिसी स्थित व्हाइट हाउस नजिकै रहेको जर्ज वाशिंगटन युनिभर्सिटी ( बिश्व बिद्यालय) मा चौध बर्ष उमेरका किशोर अध्ययनको लागि भर्ना भएका छन् । उक्त बिश्वबिद्यालयमा २६ हजार भन्दा ज्यादा बिद्यार्थी र बिश्वका १३० देश र अमेरिका कै ५० वटा राज्यहरुका बिधार्थीहरु रहेका छन् । कुर्टिस लरेन्स नामक १४ बर्षिय मेधावी छात्र शरद ऋतु […]

Learn More

हेटौंडा एकेडेमीका संस्थापक सुमार्गीलाई एन प्याब्सनद्वारा मानार्थ सदस्यता प्रदान

काठमाडौं साउन, ३२– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनले (एन प्याब्सन) ले  व्यवसायी अरुणराज सुमार्गीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । शुक्रबार सम्पन्न  प्याब्सनको केन्द्रीय परिषद बैठकले  हेटौंडा एकेडेमीका संस्थापक सुमार्गीलाई मानार्थ सदस्यता प्रदान गरेको हो। एन प्याब्सनले नेपालको शिक्षा क्षेत्रमा सुमार्गीले अथक योगदान पु¥याएकाले उच्च मूल्यांकन र सम्मान गर्दै मानार्थ सदस्यता प्रदान गरेको जनाएको […]

Learn More
📄 Notices 👨‍💼 Careers 🏫 About Us 📞 Contact