नेपाली चलचित्रका  अभिनेता महानायक राजेश हमाल हेटौडा आउनुहुने भएको छ । हेटौडा एकेडेमी को २० औ अभिभाबक भेलामा बिधार्थीहरुलाई सम्बोधन गर्न माघ ३ गते हमाल हेटौडा आउने कार्यक्रम रहेको बताईएको छ । हेटौडा ११ नवलपुरमा अबस्थित हेटौडा एकेडेमीले अभिभाबक भेलाकै अबसरपारेर हमाललाई बिशेष अतिथिका रुपमा बिधालयमा निमन्त्रण गरेको बिधालय संचालक समितका अध्यक्ष अरुणराज सुमार्गीले बताउनु भयो ।

अध्यक्ष समार्गीले हमाललाई  आजको शिक्षाको बिषयमा प्रेरणादायी सम्बोधनका लागी आफनो बिधालयमा आउन अनुरोध गरेपछि हमालले उत्सुक देखाएर हेटौडा आउने बचन दिएको र कार्यक्रम तय भएको  सुमार्गीले बताउनु भयो । हमालले हेटौडा एकेडेमीका बिधार्थीहरुलाई आजको शिक्षाको बिषयमा स्पेशल कक्षा लिने कार्यक्रम रहेको बिधालयका प्रार्चाय श्री कार्कीले बताउनु भयो ।  हेटौडा एकेडेमीको २० औ अभिभाबक भेला आगामी माघ ३ गते रहेको छ । अभिभाबक भेलामा सास्कृतिक कार्यक्रम,पुरुस्कार बितरण कार्यक्रम,स्काउट र राष्ट्रिय सेवा दलको बिशेष प्रस्तुतीहरु रहने प्रार्चाय कार्कीले बताउनु भयो ।

Leave a comment